वन विनाश रोक्न उदयपुरमा ग्यास वितरण

  हिमाल समाचार
0 Shares

उदयपुर-दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुरको एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर र चुलो वितरण गरेको छ । दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै त्रियुगा नगरपालिका १४ र १५ मा रहेका सरस्वती सामुदायिक वन उपभोक्ता समूहका उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरिएको हो ।

सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई ११ लाख २० हजार रुपैयाँ बराबरको १ सय ५० घरधुरी उपभोक्तालाई एलपी ग्यासको सिलिण्डर वितरण गरेको समूहका अध्यक्ष तोप बहादुर समाल मगरले जानकारी दिए ।
समूहले आर्थिक वर्ष २०७७÷७८ को गरिवी निवारण कार्यक्रम अन्तर्गत समूहभित्र रहेका दलित, एकल महिला र विपन्न गरी १ सय ५० घरधुरी परिवारलाई ग्यास सिलिण्डर र चुलो वितरण गरेको समूहका अध्यक्ष मगरले बताए । चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत १० अतिविपन्न परिवारलाई घर छाउने जस्ता पाता पनि वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार