स्थानिय पाठ्क्रम निर्माणका लागि माप्यदुधकोशीमा दुई दिने गोष्ठि

  हिमाल समाचार
56 Shares

सोलुखुम्बु – स्थानिय पाठ्यक्रम निर्माणको चरणमा रहेको सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा दुई दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ ।

आगामि शैक्षिक शत्रदेखि गाउँपालिका भित्रका कक्षा १ देखि ५ सम्म स्थानिय पाठ्यक्रम लागु गर्ने गरि गाउँपालिकाले कार्याशाला गोष्ठिको आयोजना गरेको हो ।

स्थानिय धर्म संस्कृतिको बारेमा राष्ट्रिय पाठ्यक्रममा समावेश नभएकाले भुगोल, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका विषयलाई समावेश गरि पाठ्यक्रम निर्माणको तयारीमा जुटेको गाउँपालिका उपाध्यक्ष जुनिता मगरले बताईन् ।

गोष्ठिबाट सकारात्मक सुझाव संकलन गरिएको शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराईले जानकारी दिए । अब पाठ्यक्रमको मस्यौदा लेखनमा अघि बढ्ने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार