संसद विघटनको विरोधमा केपिलासगढीमा जसपाको बिरोध प्रदर्शन

  हिमाल समाचार
0 Shares


खोटाङ-
संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले खोटाङमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्दै जनता समाजवादी पार्टी केपिलासगढी गाउँपालिका समितिले बाक्सिलामा बिरोध प्रदर्शन गरेको हो ।

संसद विघटनको बिरुद्ध जनता समाजवादीले बाक्सिलामा बिरोध ¥याली प्रर्दशन गर्नुका साथै कोणसभा गरेको छ । कार्यक्रमलाई जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सुर्य राई, जिल्ला उपाध्यक्ष पिके खम्बु, विद्यार्थी संगठनका केन्द्रिय उपमहासचिव प्रकाश चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समिति अध्यक्ष निर्मल राई, केपिलासगढी गाउँपालिका समिति अध्यक्ष गुरुराज राई लगायतले सम्बोधन गर्दै संसद विघटनको चर्को शव्दमा विरोध गरेका छन् ।

कोणसभाका वक्ताहरुले कोभिड–१९ को महामारीकाबेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थोपर्ने प्रयास गरेको तथा संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको भन्दै सरकारको बिरोध जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार