स्थानिय पाठ्यक्रम निर्माणका माप्यदुधकोशीमा कार्याशाला गोष्ठी

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु-स्थानिय पाठ्यक्रम निर्माणको चरणमा रहेको सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले दुई दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ । आगामि शैक्षिक सत्र देखि गाउँपालिका भित्रका कक्षा १ देखि ५ सम्म स्थानिय पाठ्यक्रम लागु गर्ने गरि गाउँपालिकाले कार्याशाला गोष्ठिको आयोजना गरेको हो ।

स्थानिय धर्म संस्कृतिको बारेमा राष्ट्रिय पाठ्यक्रममा समावेश नभएकाले भुगोल, आर्थिक, सामाजिक, सास्कृतिक लगातका विषयलाई समावेश गरि पाठ्यक्रम निर्माणको तयारीमा जुटेको गाउँपालिका उपाध्यक्ष जुनिता मगरले बताईन् । गोष्ठिबाट सकारात्मक सुझाव संकलन गरिएको शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराईले जानकारी दिए । अब पाठ्यक्रमको मस्यौदा लेखनमा अघि बढ्ने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार