ताप्लीका ३ सय घरधुरी अन्धकारमय

  हिमाल समाचार
147 Shares

सोलुखुम्बु – उदयपुरको ताप्ली गाँउपालिकाका ३ सय घरधुरी अन्धकारमा बस्न बाध्य बनेका छन् ।

वडा नं. ५ रुपाटारमा संचालित यारी खोला लघुजलविद्युत आयोजनाको विद्युत अवरुद्ध हुदा रुपाटार, कटहरे, लामिसोती र फुर्केका गरी ३ सय घरधुरी बुधबारबाट अन्धकारमा छन् ।

विद्युत अबरुद्ध हुँदा गाँउपालिकासंगै विभिन्न कार्यालयका प्रशासनिक काम ठप्प बनेका छन् । मौसममा आएको खराबीका कारण सोलारले समेत काम नगर्ने भएकाले त्यहाँका नागरिक संचारको सुविधाबाट समेत बञ्चित बनेको संवाददाता ठविन्द्र मगरले बताउनुभयो ।

पावर हाउसमा भएको मेसिनमा खराबी आएको र मर्मतका लागि पठाईएको र केही दिनमा विद्युत सुचारु हुने यारी खोला लघुजलविद्युत आयोजनाका अध्यक्ष थान बहादुर ज्यु ठकुरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार