आफ्नो समूहको गुट भेला सम्बोधन गर्न ओली पुगे धनगढी

  हिमाल समाचार
0 Shares

धनगढी– प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक उपत्यका बाहिराको कार्यक्रममा सहभागि हुन धनगढी पुगेका छन् ।

नेकपा ओली समूहको भेलालाई सम्बोधन गर्न धनगढी पुगेका ओलीलाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित अन्य मन्त्रीहरु भने गएनन्। गुटको सभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्रीको स्वागतमा आफूहरु नगएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए।

यसअघि संघीय सरकारका उद्योगमन्त्री लेखराज भट्टको स्वागतमा पनि मुख्यमन्त्री भट्ट गएका थिएनन्।त्यसपछि मन्त्री भट्टले आफ्नो स्वागतमा नआएर मुख्यमन्त्रीले राजनीतिक संस्कार बिर्सेको टिप्पणी गरेका थिए। धनगढीको खुलामञ्चमा हुने जनसभामा ५० हजार जनता उतार्ने ओली समूहको दाबी छ।

प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।पार्टी विभाजनपछि सुदूरपश्चिममा ओली समूह कमजोर छ। नेकपाका ३९ जना सांसद मध्ये ओली समूहमा मात्रै ७ जना छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार