कायघाट मोटरेबल पुलको काम ३० प्रतिशत सकियो

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु – सोलुखुम्बुको कायघाट स्थित दुधकोशी नदीमा निर्माणाधिन मोटरेबल पुलको काम ३० प्रतिशत सकिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ८ रनेम र माप्य दुधकोशी गाउँपालिका ६ र ७ वाकु जोड्ने कायघाटमा निर्माणाधिन मोटरेबल पुलको काम तिब्र गतिमा भइरहेको छ ।

गत मंसिर २२ गते शिलान्यास गरिएको पुलको रनेम क्षेत्रपट्टीको पिल्लर ५ मिटर माथि निकाएको छ भने वाकु क्षेत्र तर्फ पिल्लर राख्नका लागि आधारको काम भईरहेको माप्यदुधकोशी गाउँपालिकाका ईन्जिनियर जोनाथन राईले जानकारी दिए ।

प्रदेश सरकार र माप्य दुधकोशी गाउँपालिकाको गरि ५ करोड ५५ लाखको संयुक्त लगानीमा जलप नेपाल अन्तरगतको रवी चक्र जेभी पुल निर्माण गरिरहेको छ ।

३६.५ मिटर लम्बाई र ३.५ मिटर चौडाई भएको पुल निर्माण पछि वाकु क्षेत्रका नागरिकले यातायातमा खेप्नु परेको सास्ती हट्ने छ ।

फोटो : रमेश खालिङको फेसबुकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार