सोलुखुम्बु – प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सोलुखुम्बुबाट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई विरोधपत्र पठाएको छ ।
नेकपा प्रचण्ड–माधव समूहले गठन गरेको केन्द्रीय सङ्घर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र पठाउने निर्णय अनुसार सोलुखुम्बुबाट पनि विरोध पत्र पठाईएको हो ।
नेकपा जिल्ला कार्यालय सदस्य हिमाल गिरी र ङिमातेन्डुप शेर्पा सहितको टोलीले आज प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीलाई विरोध पत्र बुझाएको राष्ट्रिय यूुवा संघ सोलुखुम्बुका जिल्ला सदस्य रस्विन मगरले जानकारी दिए ।
विरोध पत्रमा प्रधानमन्त्रिलाई आफुले गरेको असंवैधानिक कामको पश्चताप गर्न र प्रतिनिधि सभा सुचारु गर्न माग गर्दै सच्चिन आग्रह गरिएको छ ।