‘गोरा, केरुङ र टाप्टिङमा ६ महिना भित्र विद्युत’

ग्रामिण विद्युतिकरण तिब्र

  हिमाल समाचार  881 पटक हेरिएको

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गोरा, केरुङ र टाप्टिङमा ६ महिना भित्र विद्युत बल्ने दाबी गरेका छन् ।

वडा नं. ९ गोराखानीमा सञ्चालित एक महिने हाउस वाईरिङ सम्बन्धि तालिमको समापन कार्यक्रममा बोल्दै उनले गोरा, केरुङ र टाप्टिङमा तिब्र गतिमा ग्रामिण विद्युतिकरणको काम भईरहेको बताए ।

वडा नम्बर ११ तिङ्ला क्षेत्रका ७० प्रतिशत घरमा विद्युत बलेको बताउँदै उनले गोरा, केरुङ र टाप्टिङमा पोलिङको काम अन्तिम चरणमा रहेको बताए ।

तिङ्लाको ३० प्रतिशत घरमा एक महिना भित्र विद्युत बल्ने उनको भनाई छ । साथै गोरा, केरुङ र टाप्टिङको
छुटेका स्थानको रिसर्भे गरि बत्ति बाल्नका लागि ६ करोड बजेटबाट अहिले धमाधम काम भई रहेको उनले जानकारी दिए ।

युवालाई गाउँमै रोजगार दिलाउने उदेश्यले युवा स्वरोगार शिर्षकको २ लाख ५० हजार लागतमा तालिम सञ्चालन गरिएको उनले बताए । उनले भने,‘गाउँमा रहेका युवालाई स्वरोजगार बन्नका लागि यो तालिमले टेवा पुग्ने मैले विश्वास लिएको छु ।’

सबै घरमा नयाँ वायरिङ गर्नुपर्ने भएकाले १४ जना युवालाई हाउस वाईरिङको तालिम दिईएको उनको भनाई छ ।

तालिम समापन कार्यक्रममा कार्यावहाक वडाध्यक्ष ङिमा तामाङ, नगरकार्यपालिका सदस्य आङफुर्वा शेर्पा,
दलित महिला समस्य भोटेनि विक, टोल सुधार समितिका अध्यक्ष लगायत स्थानीय लगायतकोे उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार