नेचामा काँग्रेसको विरोध प्रदर्शन

  हिमाल समाचार
161 Shares

सोलुखुम्बु – नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बलबहादुर केसीले नेकपा सरकारले जनताको मतको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस प्रदेश सभा [क] को आयोजनामा नेचासल्यान गाउँपालिकामा आयोजना गरिएको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेता केसीले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीले गणतन्त्रलाई धरापमा पारेको बताए । पुर्वमन्त्री केसीले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर अनाधिकृत काम गरेको बताएका छन् ।

सोही कार्यक्रममा काँग्रेसका युवा नेता प्रकाश सिंह कार्कीले प्रतिगमन विरुद्ध सबै दल एक भएर आन्दोनमा उत्रिनुपर्ने बताए । अदालतले संसद पुर्नस्थापना नगरे चुनावमा जान काँग्रेस तयार रहेको बताए । विरोध ¥यालीमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री ओलीको पुत्ला दहन समेत गरेको सहकर्मी धनकुमार ढुंगेलले बताए । सोहि कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ युवा काँग्रेस प्रवेश गरेका छन् ।

काँग्रेसका जिल्ला सचिव धनजन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काँग्रेसका जिल्ला सह–सचिव कुशराज राई, सोताङ गाउँपालिका सभापति गणेश बस्नेत, नेपाली काँग्रेस नेचासल्यान सभापति निरकुमार शर्मा, नेतृ रिनाउ प्रेति केसी, नेचासल्यान गाउँपालिका उपाध्यक्ष कुमारी देवीशर्मा, पुर्व पार्टी जिल्ला सचिव चन्द्र आचार्य, नेविसंघ सोलुखुम्बुका अध्यक्ष अस्विन बाबु थापा, तरुण दलका जिल्ला अध्यक्ष अशोक झा लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार