हर्तालुङ्ग क्षेत्रमा करिब ९० मिटर सडक सोलिङ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु देखि रात्नाङ्गे हुदै माप्य दुधकोशी गाउँपालिका ४ घुम्ने मेरा सम्मको सडक–खण्ड अन्तरगत हर्तालुङ्ग क्षेत्रमा करिब ९० मिटर सडक सोलिङ गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ४ का आङबाबू शेर्पाको १ लाख ५० हजार, माप्यदुधकोशी गाउँपालिका ४ का सैकुमार विश्वकर्माको ७ हजार, सोलुदुधकुण्ड नगरपालिका ५ का तिलक बस्नेतको ७ हजार गरि जम्मा १ लाख ६४ हजारको लागतमा सोलिङको काम सम्पन्न भएको नेपाल दलित संघ सोलुखुम्बुका अध्यक्ष कणर्बहादुर विश्वकर्माले जानकारी दिए ।

आर्थिक सहयोग गर्नेलाई आज एक कार्यक्रमका बिच सम्मान समेत गरिएको छ । सम्मान कार्यक्रममा माप्यदुधकोशी ४ का वडाध्यक्ष डबल सिंह राई, ओगेन छोलिङ गुम्बा काँकुका प्रमुख लामा ख्यान्पो दोर्जी शेर्पा, शेर्पा संघ सोलुका उपाअध्यक्ष मिङमार शेर्पा र घुम्ने मेराका स्थानियको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार