सोलुखुम्बु – सोलुखुम्बुमा सुन्तलाको भाउ अहिले सम्मकै उच्च भएको छ । अहिले प्रति केजि १२० रुपैयाँ सम्म सुन्तलाको खरिद बिक्रि भइरहेको छ ।
अघिल्ला बर्षहरुमा ६० देखि ७० रुपैया केजिमा बिक्रि भएको सुन्तला यो वर्ष बढेर १ सय देखि १ सय २० सम्म पुगेको व्यापारीहरुले बताएका छन् । सुन्तला उत्पादनमा गिरावट आएकोले मुल्य बृद्धि भएको उनीहरुको भनाई छ ।
जिल्लाको सुन्तला उत्पादन हुने क्षेत्र नेचासल्यान, थुलुङ दुधकोसी र माप्यदुधकोशीका विभिन्न स्थानमा सुन्तला उत्पादनमा गिरावट आएको हो ।
विगतका वर्षको तुलनामा करिब ७५ प्रतिशत सुन्तला उत्पादनमा कमी आएकाले जिल्लामा सुन्तलाको भाउ अझै बढ्न सक्ने देउसा रनेमका कोपिल राईले बताए । सुन्तलामा किरा पर्नुका साथै बढि बर्षा भएकाले समस्या भएको बुढिडाडाँका देउसा बुढिडाँडाका प्रकाशमणि राईको भनाई छ ।
केही वर्षदेखि सोलुखुम्बुमा सुन्तला जोन क्षेत्र नै निर्माण गरेर काम गरिरहेको प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाई सम्पर्क कार्यालय सोलुखुम्बुले प्रभावकारी रुपमा किसानको समस्या समाधान गर्न नसक्दा सुन्तला किसासलाई मर्का परेको उत्पादक किसानको गुनासो छ ।
प्राविधिक सुनिता पाण्डेले भने सुन्तला उत्पादन घट्नुको कारण पत्तालगाई आगमि वर्षहरुमा सुन्तला उत्पादनमा सुधार ल्याउने बताईन ।