सोलुखुम्बु – सोलुखुम्बुको लिखुपिके गाँउपालिका ३ स्थित लिखुखोलामा निर्मित मोटरेबल पुलको उद्घाटन गरिएको छ ।
सोलुखुम्बु र रामेछाप जोड्ने गरी निर्माण गरिएको मोटरेबल पुलको शनिबार निर्वतमान सांसद तथा नेकपाका केन्द्रिय सदस्य हेमकुमार राई सुरविर र लिखुपिके गाँउपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
२०६९÷७० सालबाट निर्माण सुरु भएको पुलको काम निर्माण कम्पनी सिरुवा जेभी कन्ट्रक्सनले बिचैमा छोडेको थियो ।
गाँउपालिकाबाट पटक पटक पुन निर्माणको सम्पन्न गर्न ध्यानाककर्षण गराएको भए पनि निर्माण कम्पनीले वेवास्ता गरेपछि एम्बी दोभान हाईड्रोपावरलाई पुनः निर्माणको जिम्मा दिईएको थियो ।
स्विस सरकारको साढे ३ करोड लागतमा निर्मित ४० मिटर लामो मोटरेवल पुल वर्षौ अघिदेखी नै संचालनमा आएको भए पनि रेलिङ बनाउने बाँकी काम सम्पन्न पछि पुलको उद्घाटन गरिएको गाँउपालिका अध्यक्ष बस्नेतले बताए ।
उद्घाटन कार्यक्रममा गाँउपालिका उपाध्यक्ष प्रमिला बस्नेत कार्की लगायत वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो ।
यसैबिच, सोलु र रामेछाप जोड्ने गरी निर्माण गरिएको मोटरेवल पुलदेखी पिके डाँडासम्म पदमार्ग निर्माण गरिने भएको छ ।
पर्यटकिय सम्भावना बोकेको पिके डाँडासम्म सहजरुपमा पर्यटकलाई पु¥याउने उदेश्यका साथ १८ किलोमिटर लामो पदमार्ग निर्माण गरिने भएको हो ।
यसैवर्षबाट निर्माण सुरु गरिने पदमार्गको आज निर्वतमान सांसद तथा नेकपाका केन्द्रिय सदस्य हेमकुमार राई सुरविरले शिलान्यास गरे ।
पदमार्गको दुई ठाँउमा पर्यटकको सहजताको लागि हावाघर निर्माण गरिने लिखुपिके गाँउपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताए ।
साथै लिखुपिके गाँउपालिकाको २ र ३ नम्बर वडामा निर्मित आईशोलेशन कक्षा र थापा समाजको कुल मन्दिर उद्घाटन गरिएको छ ।