ससुराली हिडेका सन्चराम भालुको आक्रमणमा परे

  हिमाल समाचार
287 Shares

सोलुखुम्बु – ससुराली हिडेका सोलुखुम्बुका एक व्यक्ति भालुको आक्रमणबाट गम्भिर घाइते भएका छन् ।

माप्य दुधकोशी ७ वाकु (हाकुला)का सन्चराम विश्वकर्मा लाखु (ससुराली)जाने क्रममा शनिबार ११ बजेको पेरिफेरीमा भालुको आक्रमणमा परेका हुन् ।

५० बर्षिय उनको दाहिने हात, टाउको, अनुहार लगायतका अंकमा गहिरो चोट लागेको प्रहरी चौकी वाकुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार