इन्डोनेशियाली विमानको दुर्घटनास्थल पत्ता लाग्यो

  हिमाल समाचार
21 Shares

काठमाडौं
इन्डोनेशियाली विमानको दुर्घटनास्थल पत्ता लागेको छ । उडेको केही मिनेटमै समुन्द्रमा खसेको विमान दुर्घटना भएको स्थान पत्ता लागेको हो ।

जाभा समुन्द्रस्थित विमान खसेको ठाउँमा शरीरको अङ्ग, कपडा, धातुलगायतका वस्तु पानीमा तैरिइरहेको भेटिएको छ । उक्त स्थानमा यात्रु र चालक दलका सदस्यसहित ६२ जना बोकेको बोइङ ७३७ विमान खसेको जनाइएको छ ।

विमान राजधानी जर्काताबाट उडेको केही मिनेटमै वेपत्ता भएको थियो । प्रारम्भिक डाटाले विमान सिधा झरेको देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको थियो । विमान जाकार्ताबाट पोन्टियानाकका लागि उडेको थियो । ९० मिनेटको यात्रा रहेको उक्त उडान भर्दा सुकार्नो हाट्टा विमानस्थ्लमा पानी परिरहेको थियो ।

विमानमा ४६ बयस्क, तीन बालबालिका र तीन साना उमेरका केटाकेटी यात्रा गरिरहेका थिए ।

-तस्बिरः एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार