अमर ज्योति गुठी समाजको भवन उद्घाटन

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा स्थित रहेको अमर ज्योति गुठी समाजको भवन उद्घाटन गरिएको छ ।

करिब १२ लाख ५० हजारको लागतमा निर्माण गरिएको भवनको आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरे ।

४० घर आबद्ध रहेको समाजले प्रती घर ५ हजारका दरले र वडा कार्यालयको २ लाख ५० हजार गरि ४ लाख ५० हजार तथा प्रतीघर ३० दिनको श्रमदान र अन्य संस्थाको आर्थिक सहयोगमा निर्माण गरिएको १ तले भवन उद्घाटन गरिएको गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर ९ लोखिमका वडाध्यक्ष भुपालसिंह राईले जानकारी दिए ।

समाजका अध्यक्ष कुल प्रसाद राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य राजेन्द्र बस्नेत, वडाध्यक्ष रामसंघर्ष किराँती, वडा नम्बर २ का वडाध्यक्ष उदयनारायण बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार