लकडाउनको सदुपयोग गर्दै विद्यालयले बनायो स्थानीय पाठ्यक्रम

  हिमाल समाचार
357 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचास्थित नरनाथ आधारभुत विद्यालयले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ ।

कोरोना महामारीका कारण विद्यालय बन्द भएको अवस्थामा विद्यालयले स्थानीय पाठ्यक्रम निर्माण गरेको प्रध्यानाध्यपाक कमल प्रसाद कटेलले जानकारी दिए ।

नेचासल्यान गाउँपालिका ५ नेचामा संचालित भुमेस्थान आधारभुत विद्यालयका शिक्षक ओमप्रकाश भण्डारीको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समितिले कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम तयार पारेको हो ।

आइतबार एक अन्तरक्रियाको आयोजना गरि विद्यालयले स्थानिय पाठ्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रममा नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले नरनाथ आविले गरेको कामको प्रसंशा गर्दै गाउँपालिकाको शिक्षा समितिको बैठकबाट पारित गरि अन्य विद्यालयमा समेत लागु गर्न सकिने बताए ।

गाउँपालिकाका शिक्षा शाखा संयोजक माधवमणी ढुंगानाले निर्देशिका बमोजिम पाठ्यक्रम निर्माण भएको भन्दै प्रशसां गरे । पाठ्यक्रममा स्थानीय भुगोल, कृषि, संस्कृति, भाषा, भेषभुषा लगायतका कुरा उल्लेख गरिएको प्रध्यानाध्यापक कटेलको भनाई छ ।

पाठ्यक्रम सार्वजनिक कार्यक्रममा ३ नम्बर वडाका सदस्य खेमराज कटेल, कालिका आबिका प्रध्यानाध्यापक होम प्रसाद कटेल, जालपा आबिका शिक्षिका आङडिकी राई गायतको उपस्थिती रहेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार