महाकुलुङमा रक क्लाईम्बीङ सेन्टर स्थापनाका लागि सम्भाव्यता अध्ययन

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रक क्लाईम्बीङ सेन्टर स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

गाउँपालिका र स्थानीय तेण्डी शेर्पाको समन्वयमा रक क्लाईम्बीङ सेन्टरका लागि अध्ययन गरिएको हो ।

प्राविधिकको टोलीले गाउँपालिकाको बुङ, पेल्माङ, छेस्काम, गुदेल, चाचालुङ लगायतका स्थानको भिरको अध्ययन गरेको अन्तराष्ट्रिय माउण्टेन गाईड तथा नेपाल पर्वतारोहण पथ पदर्शक संघका प्राविधिक प्रमुख तेण्डी शेर्पाले जानकारी दिए ।

अध्ययनका क्रममा चट्टान परिक्षण गर्दा महाकुलुङ गाउँपालिका १ बुङ र सोताङ गाउँपालिका बीचको सिमानामा रहेको ममदी भिरमा रक क्लाईम्बीङ सेन्टर स्थापना गर्न उपयुक्त मानिएको उनको भनाई छ ।

अब आवश्यक संरचना निर्माणका लागि थप तयारी गरिनेछ । तेण्डीको पहलमा विदशी डोनरले उपलब्ध गराएको ३ लाख ६० हजार र महाकुलुङ गाउँपालिकाको ५ लाख बजेट मार्फत रक क्लाईम्बीङ सेन्टर स्थापना हुने छ ।

आन्तरिक पर्यटनलाई बढवा दिनका साथै युवालाई क्लाईम्बीङ तालिम प्रदान गरि माउण्टेनरिङ क्षेत्रलाई थप सहज बनाउन रक क्लाईम्बीङ सेन्टर स्थापना गर्न लागिएको महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार