नियमितजसो खपत हुने आलुका केही तथ्यहरु जानीराख्नुहोस् ।

  हिमाल समाचार
56 Shares

आलु बहूउपयोगि कन्दमूल मानिन्छ। आलुका धेरैजसो परिकारहरु हामी मन पराउँछौ । बजारमा आलुको माग सदैव उस्तै हुन्छ । आलु एक सर्वसुलभ र सस्तो सब्जी तथा खाजा पनि हो ।
नेपालीका भान्सामा सबैभन्दा बढी उपयोग गरिने तरकारी पनि आलु नै हो । किनकी आलु जुनसुकै तरकारीमा मिसाएर खान सकिन्छ । साथै, यसको धेरै किसिमका परिकारसमेत बनाउन मिल्छ ।
तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ। आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन। यसमा विलक्षण औषधिय गुणसमेत छ।

समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ न्छ।आलु आलुको वैज्ञानिक नाम ‘सोलोनम ट्युवरोसस’ हो श्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने ‘अर्थ विन’ तथा ‘ग्राउन्ड नट’ले चिनिन्छ भने फ्रान्समा भने ‘पम द तेरे’ अर्थात जमीन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्न्छ। आलु पोषक र बलवर्द्धक खाध्य हो।
मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ। आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ। सय ग्राम आलुको खानयोग्य भागमा २२.९ प्रतिशत कार्वोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, .०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ। यस्तै प्रतिसय ग्राम आलुमा भिटामिन ‘ए’ ४० आई.यू. र फलाम ०.७ मिलिग्राम पाइन्छ।
आलुलाई भिटामिन ‘सी’को महत्त्वपूर्ण श्रोत मानिन्छ र आधुनिक पोषण पद्धतिमा भिटामिन ‘सी’ लाई रोग निरोधक मानिएको छ।
स्पेनका अनुसन्धानकर्ताका अनुसार जो व्यक्तिले दैनिक आलु खान्छन् उनीहरूमा रोगसँग भिड्ने सामथ्र्य बढ्छ। आलुलाई अनाजमा पूरक आहारको स्थान प्राप्त छ। सबै प्रकारको आलु शीतल, मलरोधक, मल तथा मूत्रलाई उत्पन्न गराउने र रक्तपित्त हटाउने मानिन्छ।
आलुको बारेमा शोधकर्ता शैला बिंघम, एडिन केसिदी तथा जोन कमिङ्गस नामक तीन पोषणविद्का अनुसार छातीको क्यान्सर रोक्नका लागि आलुको सेवनले फाइदा पुर्याएको कुरा आफ्नो अनुसन्धानको तथ्यलाई पुष्टि गर्दै हालैको बि्रटिस जर्नल अफ क्यान्सर नामक शोधमूलक पत्रिकामा प्रकाशित गरेका छन्।
पोषणविद्का अनुसन्धान अनुसार मानिसले सेवन गर्ने आलुमा हुने स्टार्चको मात्रा र छाती, आन्द्रा तथा मलाशयमा हुने क्यान्सरको गहिरो सम्बन्ध हुन्छ। वैज्ञानिकका अनुसार आलुको छोक्रा हटाएपछि त्योसँगै केही पोषकतìवसमेत बाहिर गइहाल्छ। आलुलाई उमालेपछि बाँकी रहेको पानीमा भिटामिन रहने भएकाले त्यो पानीलाई फ्याँक्नुको सट्टा तरकारी वा दालमा मिसाएर खानुपर्ने सल्लाह दिन्छन् ।
आलुमा हुनेऔषधीय गुणका कारण तपाईलाई यसलाई विभिन्न तरिकाबाट प्रयोगमा ल्याउन सक्नुहुनेछ ।

मस्तिस्कको लागि फाइदाजनक
:मस्तिस्कको उचित कार्यप्रणाली धेरै जसो ग्लुकोज स्तर, भिटामिन ‘बी’, अक्सिजनको आपूर्ती, ओमेगा ३ जस्ता फ्याटी एसिड, केही हार्मोन र एमिनो एसिडमा निर्भर गर्छ । आलुमा यो सबै तत्व पाइन्छ त्यसैले आलु मस्तिस्कको लागि पनि धेरै लाभकारी छ भन्दा फरक नपर्ला । आलुले मस्तिस्कलाई थाक्नबाट रोक्छ र तपाईंलाई हरेक समय सतर्क राख्छ ।

आँखाको कालो घेरा : आलुले आँखाको कालो घेरालाई हटाउन मद्दत गर्छ । आलुलाई ताछ्ने अनि त्यसलाई स–सानो टुक्रा बनाएर आँखामा राख्ने । १० देखि १५ मिनेटसम्म राखेपछि मनतातो पानीले मुख धुने । यो उपायलाई नियमित रूपमा प्रयोग गरेमा छिट्टै यो समस्याबाट छुटकारा पाउन सकिनेछ ।

अनुहारको दाग :अनुहारको खटिरा र दाग हटाउन आलुलाई पिसेर त्यसको रसमा कागती मिसाएर लगाउने र १५ मिनेटपछि बिस्तारै हातले मसाज गरेर अनुहार धुने । यसको नियमित प्रयोगले अनुहारमा फरक ल्याउनेछ ।

क्यान्सरबाट बचाउँछ : आलुमा फोलेट हुन्छ । डिएनएको संश्लेषण र मर्ममा फोलेटले एक महत्वपूर्ण भूमिका निभाउँछ । यसले कैयौं प्रकारका क्यान्सर कोषलाई डिएनएमा उत्परिवर्तनको कारण बनाउनबाट रोक्छ । फल र सब्जीहरुका साथै आलु पनि उच्च फाइबर स्रोत हो जसले कोलोरेक्टरल क्यान्सरको जोखिमलाई कम गर्छ । आलुमा पाइने भिटामिन ‘सी’ र कार्सेन्टिन एन्टि अक्सिडेन्टले हाम्रो शरीरलाई क्यान्सरको विनाशकारी प्रभावबाट बचाउँछ ।

चाउरी: आलुलाई पिसेर त्यसको रस निकाल्ने, त्यसमा ग्लिसरिन र काँचो दूध मिसाएर अनुहारमा लगाउने । १५ मिनेट सम्म राख्ने अनि अनुहार पखाल्ने । यसो गर्नाले अनुहारमा देखिएको चाउरी बिस्तारै हटेर जान्छ ।
मुटुको स्वास्थ्य: आलूमा रहेको फाइबर पोटेसियम भिटामिन ‘सी’ र भिटामिन बि६ कोलेस्टेरोलको स्तरलाई कम गर्न मद्धत गर्छ । आलुमा फाइबरको महत्वपूर्ण मात्रा रगतमा कोलेस्टेरोलको कुल मात्रालाई कम गर्न मद्धत गर्छ जसले मुटुको बिरामीको जोखिम कम हुन्छ ।

रक्तचाप: रक्तचाप नियन्त्रणमा राख्नको लागि कम सोडियम आहार आवश्यक छ तर पोटेसियमको उच्च मात्रा पनि समान रुपले महत्वपूर्ण हुन्छ । पोटोसियमले रक्तनलीको चौडाइलाई बढाउँछ । आलुमा क्याल्सियम र म्याग्निसियम पाइन्छ । यसले स्वभाविक रुपले रक्तचापलाई नियन्त्रित गर्नमा मद्धत गर्छ ।

घामले डढेको छाला : आलु र गोलभेंडालाई एकैसाथ ग्राइन्डरमा पिसेर पेस्ट बनाउने र यसलाई केही समयसम्म फ्रिजमा राखी चिसो बनाउने । यो पेस्टलाई घामले डढेको ठाउँमा राम्ररी लगाउने र १० देखि १५ मिनेटपछि यसलाई पखाल्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार