प्रचण्ड-नेपाल समूहको आग्रह निर्वाचन आयोगद्धारा अस्विकार

  हिमाल समाचार
42 Shares

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आयोगलाई आग्रह गरेको छ। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत नेताहरूले आयोग कार्यालय कान्तिपथ पुगेर यस्तो आग्रह गरेका हुन्।

प्रचण्ड नेपाल पक्षको आग्रहलाई आयोगले भने अस्वीकार गरेको छ।आयोगको तटस्थतामा शंका नगर्न भन्दै आयोग पदाधिकारीहरूले सरकारले निर्वाचनको मिति तोकेपछि आफूहरूले काम अघि बढाउने बताएका थिए।

अदालतले निर्वाचन रोक्न भनेको बेलामा बाहेक निर्वाचनको कार्यक्रम नरोकिनेसमेत आयोग पदाधिकारीहरुले स्पष्ट पारेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणा गरेका थिए।

सरकारको उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेका मुद्दाहरूको सुनुवाइ जारी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार