कटारीमा करेन्ट लागेर भालु मर्यो

  हिमाल समाचार
105 Shares

उदयपुर-
कटारी नगरपालिका–२ स्थित चुरे वनक्षेत्रमा करेन्ट लागेर भालु मरेको छ । मिर्चैयाबाट कटारीका लागि विस्तार गरिएको विद्युत् हाइटेन्सन लाइनछेउ बिहान भालु मृत भेटिएको हो ।
चुरे पहाडको ढिस्कोनजिकैबाट विस्तार भएको विद्युत् लाइनमा करेन्ट लागेर भालु मरेको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत हिरालाल शर्माले बताए । सोही स्थानमा केही समयअघि दुई स्थानीय बासिन्दाको पनि करेन्ट लागेर ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार