यी हुन्, थुलुङ दुधकोशी (गाउँ शिक्षा समिति)का निर्णयहरु

दरबन्दी मिलान देखि दिवा खाजाका लागि रकम निकासा सम्म

  हिमाल समाचार
539 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले शिक्षकहरुको दरबन्दी मिलान गरेको छ । आज बसेको गाउँ शिक्षा समितिको वैठकले ५ जना शिक्षकहरुको दरबन्दी मिलाउन गर्ने निर्णय गरेको छ ।

गाउँपालिका भित्र संचालित कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गर्न प्राप्त तथ्यांकको आधारमा रकम निकासा गर्ने र स्थानीय विषयको रुपमा पठनपाठन गर्न गराउन छनोट गरेको थुलुङ राई मातृभाषा सम्बन्धि शिक्षकहरुको छनोटका लागि आवश्यक प्रक्रिया पूरा गर्ने लगायतका निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाअध्यक्ष भुपाल सिंह राईले जानकारी दिए ।

वैठकका सम्पुर्ण निर्णयहरु

१. थुलुङ दुधकोशी गाउँपालिकालाई संघीय सरकारमार्फत प्राप्त २ कोठ वाससहितको शौचालय निर्माणका लागि सगरमाथा आ. वि. (वडा नं ५ ), अम्रास आ. वि. (देउसा ८), विरेन्द्रदोय मुक्ली छनौट गरियो । त्यसैगरी शिक्षण सिकाई सूचना प्रविधिको प्रयोग कार्यक्रमका लागि जनसेवा मा वि लोखिम र माद्यामिक बिद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापनका लागि देउसा मा वि देउसा र माद्यामिक विद्यालय बिज्ञान प्रयोगशाला स्थापनाका लागि जनता मा वि लोखिमलाई छनौट गरियो ।

२. थुलुङ दुधकोशी गाउँपालिकामा कक्षा ५ सम्मको लागि आ.व. २०७७–७८ मा प्राप्त दिवा खाजा कार्यक्रमको लागि सम्पुर्ण विद्यालयबाट रेकर्डको आधारमा रकम निकासा गर्ने ।

३. थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय विषयको रुपमा पठनपाठन गर्न गराउन छनोट गरेको थुलुङ राई मातृभाषाको शिक्षकहरुको छनोट आवश्यक प्रक्रिया पूरा गरि यहि माघ ५ गते गर्ने ।

४. सोलुखुम्बु जिल्ला खुम्बुपासाङ ल्हमु गाउँपालिका स्थित महेन्द्र ज्योति मावि चौरीखर्कमा कार्यरत स्थायी प्रा.शि.तृतीय श्रेणीका शिक्षक रोल कुमार बस्नेतलाई पन्चकन्या आ वि मुक्लिमा सरुवा सहमति दिने निर्णय गरियो ।

५. यस पालिका अन्तरगत विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलान निम्न अनुसार गरियो ।

कालिका आ.वि. देउसाबाट जीवन ज्योती मा. वि. कांगेलमा चन्द्र कुमारी कार्की बस्नेत ।
जन ज्योति मा वि कांगेलबाट कांगेल आ वि बाहुन्डिमा राधा बस्नेत ।
कांगेल आ वि बाहुन्डिबाट ठुलढुंगा आ वि कांगेलमा ठगेन्द्र प्रसाद काफ्ले काज सरुवा।
पंचकन्या आ वि मुक्लिबाट बागेश्वरी आ वि कांगेलमा निलराज बस्नेत ।
शिशुकल्याण आ वि देउसाबाट नवज्योति सिल्भानो आ वि मुक्लिमा जसमाया राई ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार