अमेरिकाको आरोप राजनीतिक प्रेरित भएको क्युवाको प्रतिक्रिया

काठमाडौँ-
क्युवाले आतंकबादलाई सहयोग गरेको आफूमाथिको आरोप अस्वीकार गरेको छ ।

आतंकवादलाई सहयोग गरेको भन्दै अमेरिकाले क्युवालाई कालोसूचीमा राखेपछि क्यूवाले प्रतिक्रिया दिदै सो आरोप सनकी र कपटीपूर्णको मानसिकताको उपज भएको भन्दै यसलाई राजनीतिक प्रेरितको संज्ञा दिएको छ ।
भेनेजुएलालाई समर्थन गरेको भन्दै अमेरिकाले कम्युनिष्ट मुलुकलाई आतंकवादलाई सहयोग गर्ने राष्ट्रको सूचीमा राखेको हो ।

ह्वाईटहाउस छोड्नै लाग्दा राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले यस्तो निर्णय गरेको हो । क्युवाप्रति कठोर बन्दै आएका ट्रम्पको प्रशासनले अमेरिकाले आधिकारीक पहिचान दिन अस्वीकार गरेका भेनेजुएलाका नेता निकोलस मडुरोलाई क्युवाले सहयोग गर्दै आएको आरोप लगाएको छ ।

क्युवा सरकारलाई जवाफदेही बनाउन सो कदम चालिएको भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले क्यास्ट्रो सरकारले अन्तर्राष्ट्रिय आतंकवादलाई सहयोग तथा अमेरिकी न्यायको अवहेलना गर्न बन्द गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार