ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस

  हिमाल समाचार
42 Shares

काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस गरिएको छ । ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरेको हो ।
कार्यकाल सकिन लागेको बेला उनीमाथि दं‌‌गा महाअभियोग मुद्दा लगाइएको हो । ट्रम्प एउटै कार्यकालमा दोस्रोपटक महाअभियोगको मुद्दा व्यहोर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

डेमोक्रेटी सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोगको मुद्दा दायर गरेका हुन् । यो प्रस्तावमाथि यही साताको अन्त्यतिर मतदान हुने सीएनएनले जनाएको छ ।
डेमोक्रेट्सहरुले ट्रम्पलाई सत्ताबाटै बर्खास्त गर्ने गरी संशोधनका लागि उपराष्ट्रपति माइक पेन्ससँग आग्रह गरे पनि रिपब्लिकनहरुले यसलाई अस्वीकार गरेका थिए ।​ महाअभियोग प्रस्तावमा ट्रम्पको लगातारको चुनाव जितेको दाबी र गत जनवरी ६ को भिडमा गरेको भाषणको सन्दर्भ उल्लेख छ ।

क्यापिटल हिलमा जो बाइडेनको जितलाई औपचारिकता दिन संसद बैठक चलिरहेका बेला ट्रम्पका समर्थकले आक्रमण गरेका थिए । जुन घटनामा ५ जनाको मृत्यु भएको छ । हिंसालाई प्रोत्साहन गरेको भन्दै सामाजिक सञ्जाल ट्विटर, फेसबुक, स्न्यापच्याट र इन्स्टाग्रामले ट्रम्पको एकाउन्ट बन्द गरिदिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार