पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण आज, १० बिधामा अवार्ड वितरण हुने

  हिमाल समाचार
35 Shares

काठमाडौं-नेपाली खेलकुद क्षेत्रकै सर्वाधिक प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण आज हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड समारोह ललितपुरको सातदोबाटोस्थित कराँते हलमा अपरान्ह साढे ४ बजे सुरु हुनेछ । सेमी भर्चुअल स्वरुपमा हुने समारोहमा बिभिन्न १० बिधामा अवार्ड वितरण हुने मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो ।

अवार्डका लागि बर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् । पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको अवार्ड रहनेछ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार