आयकर बुझाउन करदातालाई ताकेता

  हिमाल समाचार
84 Shares

काठमाडौँ-सरकारले तोकिएकै समयमा आयकर बुझाउन करदातालाई ताकेता गरेको छ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका थिए । तर, सरकारले भने आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन ताकेता गरेको हो ।

आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७र७८ को आयकरको किस्ता रकम बुझाउने करदाताले कारोबारको अनुमानित करको विवरण र विवरणअनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन आन्तरिक राजस्व विभागले सूचित गरेको छ ।

पुस मसान्तभित्रै ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पुगेर कर बुझाउन ताकेता गरिएको छ । तोकिएको समयमा कर नबुझाएमा ऐनअनुसार जरिवाना, शूल्क तथा ब्याज लाग्ने समेत विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार