सोलुखुम्बुबाट हेलीकप्टर मार्फत एक सुत्केरी महिलाको उद्धार

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु- एक सुत्केरी महिलाको उद्धार गरिएको छ । माप्यदुधकोशी गाउँपालिका ४ का गोबिन्द राईको ३० वर्षिया श्रीमती प्रमिना राईको हेलीकप्टर मार्फत उद्धार गरिएको हो ।

उच्च रक्तश्रावका कारण आमा र बच्चाको ज्यान जोखिममा परेपछि उनको उद्धार गरि हेलिकप्टरबाट काठमाण्डौ पठाईएको हो । उनको गर्भमा दुई वटा बच्चा रहेको र उच्च रक्त श्रावका कारण स्थिति थप जटिल भएपछि प्राथमिक अस्पताल माप्यले काठमाण्डौँ रेफर गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम मार्फत गाउँपालिकाको सिफारिसमा राईको उद्धार गरि काठमाण्डौँको केएमसि अस्पताल पठाईएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार