झापा-प्रहरीले झापाको बिर्तामोडबाट मोेटरसाइकल चोरी गर्ने गिरोह पक्राउ गरि सार्वजनिक गरेको छ । एउटा स्कुटी र १४ वटा मोटरसाइकल सहित ७ जनालाई पक्राउ गरी प्रहरीले आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकोे हो ।
पक्राउ पर्नेमा इलामको माई नगरपालिका– २ का रोशन तामाङ, रोशन बुढाथोकी, माई–६ का रोशन गिरी, राजेश गिरी, मनिष गिरी र पाँचथर फाल्गुनन्द गाउँपालिका–३ का रोशन भनिने पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
पछिल्लो समय झापाको बिर्तामोड क्षेत्रमा मोटरसाइकल चोरीको घट्नामा बृद्धि भएको थियो ।
त्यसलगत्तै प्रहरीले बिशेष टोलि बनाई खोज तलास गर्दा यति ठूलो संख्यामा चोरीका मोटरसाइकल र गिरोहमा संलग्न अभियुक्तहरु पक्राउ गरेकोे इलाका प्रहरी कार्यलय अनारमनीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मुकुन्द्र प्रसाद रिजालले बताउनुभयो ।