सोलुखुम्बु- सार्वजनिक खरिद तथा लेखा व्यवस्थापन सम्बन्धि २ दिने तालिम सुरु भएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई सोलुखुम्बुको आयोजनामा सामुदायिक विद्यालयका प्रध्यानाध्यपक र लेखा हेर्ने कर्मचारीलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय ईकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिए ।
३५ जना सहभागि तालिमको सहजिकरण कोष तथा लेखा नियन्त्रक प्रल्हाद सापकोटाले गरिरहनुभएको छ ।