आरोहण अनुमति बढ्न थाल्यो, ९ ग्रुपका ४३ जनाले पाए परमिट

  हिमाल समाचार
112 Shares

काठमाडौं-लामो समयदेखि ठप्प रहेको पर्यटन गतिविधि क्रमशः चलायमान हुन थालेको छ । पछिल्लो समय पर्वतारोहणमा समेत आरोहण अनुमति बढेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार आइतबारसम्म हिउँदे याममा हिमाल चढ्न कुल ९ टोलीले आरोहण अनुमति लिएका छन् ।

९ टोलीका ४३ जना आरोहीले यस सिजनका लागि आरोहण अनुमति लिएका हुन् । त्यसमध्ये सबैभन्दा धेरै मनास्लु आरोहणका लागि जाँदैछन् । उक्त हिमालका लागि दुई टोलीका १६ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

धम्पुस पिक हिमाल आरोहण गर्न एक टोलीका ११ जनाले अनुमति लिएका छन् । अमादब्लमका चढ्न दुई टोलीका ८ सदस्य जाने भएका छन् । लुजा पिकमा ३, क्याङ्गु रीमा १, सुर्मा सरोवरमा २ र रोकापीमा २ जना चढ्ने गरी आरोहण अनुमति जारी भएको विभागले जनाएको छ ।

अहिले सम्म विभागले आरोहण अनुमतिवापत ८ लाख ७९ हजार रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार