विद्यार्थी विरामी पर्न थालेपछि जन्तेढुंगामा पठन–पाठन बन्द

  हिमाल समाचार
119 Shares

खोटाङ – विद्यार्थीलाई निमोनिया, रुघाखोकी र ज्वरोले सताउन थालेपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाले हप्ता दिनका लागि पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ ।

जाडो बढेसँगै विद्यार्थीमा निमोनिया, रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि आज पुस २९ गतेदेखि माघ ६ गतेसम्मका लागि कक्षा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

शिक्षा समितिको मंगलबारको बैठकले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै हप्ता दिनका लागि कक्षा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जारी गरेको पत्रमा उल्लेख छ । जन्तेढुंगा गाउँपालिकामा ३६ वटा सामुदायिक विद्यालय छन् ।

यस्तै, कक्षा बन्द रहेको अवधिमा आन्तरिक लेखा परीक्षण, अन्तिम लेखा परीक्षण, भौतिक निर्माण र कार्यतालिका निर्माण लगायतका प्रशासनिक कार्य सञ्चालन गराउनका लागि गाउँपालिकाले सवै विद्यालयलाई पत्राचार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार