ओलीले मूलुकलाई बर्वादी तर्फ धकले – निर्वतमान सांसद राई

माप्य दुधकोशीमा प्रचण्ड–माधव समूहको बृहत भेला

  हिमाल समाचार  540 पटक हेरिएको

सोलुखुम्बु – प्रतिनिधि सभाका निर्वतमान सदस्य हेम कुमार राई ‘सुरवीर’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मूलुकलाई बर्वादीको दिशामा धकलेको बताए ।

बुधबार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आयोजित प्रचण्ड–माधव समूहको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राईले ओलीले संविधान विपरित निरंकुशता लादेको बताउदै संसद विघटनको विरुद्धमा नागरिक समाज, कानुनविद्, संविधानविद् र राजनितिक दलहरु एक देखिएको प्रष्ट पारे । उनले निरंकुश शैलीको नेतृत्वलाई पाखा नलगाएसम्म जनचाहना अनुसार काम गर्न नसक्ने दाबी गरे ।

कार्यक्रममा जिल्ला स्तरिय सघर्ष समितिका संयोजक तथा नेकपा प्रदेश कमिटी सदस्य आङङिमा लामा, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, जिल्ला सह–इन्चार्ज राजेन्द्र बस्नेत, नेकपा प्रदेश कमिटी सदस्य ठमनाथ पराजुली (धु्रव) लगायतका सयौँ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

सोही अवसरमा नेपाली कांग्रेस परित्याग गरि २८ जना कार्यकर्ता नेकपा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार