सोलुखुम्बु – सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जिल्लाका सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई थप चुस्त बनाउने बताएका छन् ।
बुधबार पत्रकार भेटघाटमा बोल्दै प्रमुख जिल्ला अधिकारी शाहीले सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउने बताएका हुन् ।
जिल्लाका सरकारी कार्यालयबाट पाउने सुचना, विकास निर्माण, स्वास्थ्य लगायतका विषयमा पत्रकारसँग छलफल पछि उनले नागरिकले सुचना पाउने अधिकारबाट बञ्चित बन्न नदिने बताए ।
जिल्लामा अलपत्र बनेका विकास निर्माणका योजना सुचारु गर्नका लागि सम्बन्धित निकाय सँग समन्वय र छलफल गर्ने समेत प्रमुख जिल्ला अधिकारी शाहीको भनाई छ ।