सोलुखुम्बु : लोड सेडिङ हटाउने र महसुल घटाउने विषयमा सहमती

माघ महिना भित्र लोड सेडिङ अन्त्य हुने !

  हिमाल समाचार
525 Shares

सोलुखुम्बु – सल्लेरीमा दिन प्रतिदिन बढ्दै गइरहेको लोड सेडिङ अन्त्यको माग गर्दै आएका उपभोक्ता र सल्लेरी च्याल्सा विद्युत कम्पनी बिच माघ महिना भित्र लोडसेडिङ अन्त्य गर्ने सहमति भएको छ ।

बुधबार सल्लेरी स्थित च्याल्सा विद्युत कम्पनीको साधारण सभा स्थलमै आफ्ना माग सहित पुगेका उपभोक्ता तथा शेयरधनीहरु र कम्पनीका संचालक समिति बिच माघ महिना भित्रै लोड सेडिङ हटाउने र महसुल घटाउने विषयमा सहमती भएको हो ।

उपभोक्ता तथा शेयरधनीका माग पुरा नगरी साधारण सभा आयोजना गरिएको भन्दै उपभोक्ताले आन्दोलन गरेपछि कम्पनी उपभोक्ताको माग पुरा गर्न तयार भएको हो ।

साधारण सभा गर्न नदिने भन्दै कम्पनी परिसरमा आन्दोलित भएका उपभोक्ता तथा सेयरधनी र विद्युत कम्पनी बिच लोडसेडिङ हटाउन र महसुल घटाउने विषयमा सहमति भएको सल्लेरी च्याल्सा विद्युत कम्पनीका अध्यक्ष डा. मिङमार ग्याल्जेन शेर्पाले जानकारी दिए । उनले भने, ‘उपभोक्ताहरुले उठाएको माग जाहेज छ । सक्दो छिटो कार्यबाही अघि बढाउछौ ।’

सल्लेरी च्याल्सा विद्युत कम्पनीले उपभोक्तावाट शेयर रकम संकलन गरेपनि शेयर प्रमाण पत्र तथा बोनस बितरण नगरेको भन्दै उपभोक्ताले आन्दोलन शुरु गरेका थिए । तोकिएको मितिमा माग पुरा नभए आन्दोलनलाई निरन्तरता दिईने सोलुदुधकुण्ड नगरपालिका ६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

विद्युत विस्तारका क्रममा जथाभावी पोल गाडिनुका साथै तार टाँगिएकाले दुर्घटनाको जोखिम बढेकाले पोल र तारको उचित व्यवस्थापन गर्नका लागि पहल गर्ने, बजार क्षेत्र तथा जोखिमको क्षेत्रमा तार अन्डर ग्राउण्ड वा इन्सुलेसन गर्न वा अन्य सुरक्षाका उपाय अबलम्बन गर्ने लगायतका विषयलाई पनि विस्तारै कार्यान्वयन गर्दै जाने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार