बामदेवले भने, ‘पार्टी फुटिसक्यो’

  हिमाल समाचार
98 Shares

काठमाण्डौँ – नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेकपा पार्टी फुटिसकेको बताएका छन् । विधिवत रुपमा फुटेको घोषणा नगरिएपनि पार्टी फुटिसकेको उनको भनाई छ ।

एपि वान टेलिभिजनको कार्यक्रम ’द ब्राभो डेल्टा‘मा भूषण दाहालसंग कुरा गर्दै नेकपा नेता गौतमले सत्ता र शक्तिमा रहन एक हुनुको विकल्प नभएकाले आफूले एकता अभियान चलाएको प्रष्ट पारेका छन् ।

उनले भने, ‘पार्टी एकता जोगाउने भूमिकामा केपी ओली प्रमुख रहनुपर्छ । एकताका लागि जस्ले बढि भूमिका निर्वाह गर्नुभयो । फुट जोगाउने भूमिका पनि उस्कै हुन्छ ।’

कार्यशैली र व्यवस्थापन पक्षमा कमजोरी भएकै कारण पार्टीमा यो अवस्था आएको गौतमले बताए । उनले भने, ‘दुवै अध्यक्षको गल्ती उत्तिकै छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार