बैवाहिक बर्षगाँठको अवसरमा स्वास्थ्य सामाग्री वितरण

  हिमाल समाचार
679 Shares

सोलुखुम्बु – बैवाहिक बर्षगाँठको अवसरमा सोलुखुम्बुमा एक दम्पत्तीले स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

खोटाङको नुनथाला स्थायी घर भएका हाल काठमाण्डौमा बसोबास गर्दै आएका बलराम राई र स्मिता राईले बैवाहिक बर्षगाँठको पहिलो बर्षको अवसरमा थुलुङ दुधकोशी गाउँपालिका २ काँगेल स्वास्थ्य चौकीका ६ जना स्वास्थ्यकर्मी र ९ वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

ति दम्पत्तीले मास्क, टावेल, हात धुने साबुन लगायतका हाइजिन किट बितरण गरिएको छ । स्मिता राईले आफु पनि स्वास्थ्य क्षेत्रकै व्यक्ति भएकाले स्वास्थ्य सामाग्री वितरण गरिएको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार