कोरोना सक्रंमणबाट पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

  हिमाल समाचार
35 Shares

काठमाडौं-पूर्वराज्यमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ ।

काठमाडौंमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा यादवको बिहान निधन भएको हो ।

उनी नेकपा बाँकेको इञ्चार्ज, पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत थिए ।

उनलाई यही पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै उनलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मधुमेहबाटसमेत पीडित यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार