क्रियटिभ सोसियल युथक्लब नेचासल्यानको प्रथम साधरण सभा

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु- क्रियटिभ सोसियल युथक्लब नेचासल्यान गाउँपालिका ३ को प्रथम साधरण सभा सम्पन्न भएको छ ।
उक्त साधारण सभामा बोल्दै नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष कुमारी देवी शर्माले संस्थाले गरेको सामाजिक कामको प्रसशां गरिन् । उनले नेचाको विकासका लागि सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको अवसरमा नेचासल्यान ३ घर भई सल्लेरीमा व्यवसाय संचालक रघुनाथ खनालले उपलब्ध गराउनुभएको ७०हजार बराबरको जुत्ता चप्पल समेत वितरण गरिएको छ ।
सहिद नरनाथ आधारभुत बिद्यालयलाई ६९ जोर, कुन्तादेवी आबिलाई ११ जोर र स्थानीय बिपन्न्न तथा जेष्ठ नागरिकलाई ३८ जोर जु्त्ताचप्पल वितरण गरिएको सल्लाहकार समितिका संयोजक कृष्ण कटेलले जानकारी दिए । यस्तै नेपालि काङगे्रसका पुर्व जिल्ला पाटी सचिव चन्द्र प्रसाद आचार्यले नगद रु ५ हजार सहयोग क्लवलाई सहयोग प्रदान गरेका छन् ।

साधरण सभामा संस्थाको आय तर्फ १ लाख २१ ह्जार २ सय १६ रुपैया र व्यय तर्फ ३२ हजार ६ सय ११ रुपैया साथमा संस्थाको बचतमा ८८ हजार ६ सय ५ रुपैया रहेको प्रतिवेदन सचिव पुण्य कटेलले प्रस्तुत गर्नुभएको सहकर्मी धनकुमार ढङ्गेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार