काठमाडौं- इथियोपियाको पश्चिमी क्षेत्रमा हतियारधारी समुहको आक्रमणका कारण ८० जनाको मृ’त्यु भएको छ । २२ जना घाइते भएका छन् ।
सुडान र दक्षिणी सुडानसंगको सीमा क्षेत्र बेनिशाङ्गुल–गुमुजमा गत मंगलबार भएको नर’संहारमा ८० बढी सर्वसाधारण मारिएको त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । मृत्यु हुनेमा बालबालिका समेत छन् । आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।
सो क्षेत्रमा पछिल्लो समय हिं’सात्मक गतिविधि बढ्दै गएको छ । गत डिसेम्बर २३ मा पनि सोही स्थानमा आक्रमण हुँदा २ सय ७ जनाको म’त्यु भएको थियो । हिंसाका कारण कयौं बिस्थापित भएका छन् । सर्वसाधारणमाथिको हिं’सा रोक्न केन्द्र र क्षेत्रीय सरकारबीच् सहकार्य गर्न लागि समेत आयोगले आग्रह गरेको छ ।