सल्लेरी च्याल्साको नाफा २४.७२ प्रतिशतले बढ्यो

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु – सल्लेरी च्याल्सा विद्युत कम्पनीको नाफा २४.७२ प्रतिशतले बढेको छ । बुधबार सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०७५–७६ को तुलनामा आर्थिक वर्ष २०७६–७७ मा २४.७२ प्रतिशतले नाफा बृद्धि भएको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५–७६ मा १ करोड ४२ लाख ७० हजार ४२० रुपैँया नाफा आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७६ –७७ मा १ करोड ७७ लाख ९९ हजार १२७ रुपैया नाफा आर्जन गरेको हो । साधारण सभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष डाक्टर मिङमार ग्याल्जेन शेर्पाले कम्पनी नाफामा रहेको र उपभोक्ता तथा शेयरधनी बिच थप सहकार्य गर्दै जाने बताए ।

कार्यक्रममा सल्लेरी च्याल्सा विद्युत कम्पनी सञ्चालक समितिका स्थानिय प्रतिनिधि आङदामी शेर्पा, स्विस विकास सहयोग नियोगका सञ्चालक जुन हाडा, सल्लेरी च्याल्सा विद्युत कम्पनीका महाप्रबन्धक भोजराज तिवारी लगायत शेयरधनी तथा उपभोक्ताको उपस्थिती रहेको कम्पनीका उप–महाप्रबन्धक रामेश्वर मास्केले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार