प्रचण्डले सूर्य चिन्ह दावी गर्नु हास्यास्पद: महेश बस्नेत

  हिमाल समाचार  472 पटक हेरिएको

काठमाण्डौ-नेकपा ओली समूहका नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद भएको बताए ।

आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले दाहालले पुर्वएमालेको विरालो बोकेर आफुहरुसँग म्याउ गरेको भनेका छन् ।

नेता बस्नेतले प्रधानमन्त्री ओलीले संविधानअनुसार नै संसद विघटन गरेको पनि जिकिर गरे । लोकतन्त्रको महत्त्वपूर्ण पक्ष आवधिक निर्वाचन हो भन्दै उनले विसंगतितर्फ जानुभन्दा डेढ वर्ष अघि चुनाव गर्नु उपयुक्त हुने धारणा राखे ।

६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद विघटन गरेकाले संसद पुनर्स्थापना गर्नु भनेको जनताको अभिमतको अपमान हुने बस्नेतको जिकिर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार