जिल्ला अदालत खोटाङका खरिदार ढकाल कोठामै मृत फेला

  हिमाल समाचार
70 Shares

दिलिप खत्रि,खोटाङ– जिल्ला अदालत खोटाङमा कार्यरत खरिदार ३६ वर्षीय कमलदिप ढकाल कोठामै मृत फेला पर्नु भएको छ ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–११ स्थायी घर भएका खरिदार ढकाल विहिवार विहान आफ्नै कोठामा मृत फेला परेका हुन् । विहान अवेरसम्म नउठेपछि घरबेटीले बोलाउँदा भित्रवाट चुकुल लगाएको अवस्थामा ढकाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर साहले बताए ।

बेलुकाको खाना खाएर सकुशल सुतेका ढकालको शव कोठामै घोप्टिएको अवस्थामा फेला परेको हो । जिल्ला न्यायधीश मातृकाप्रसाद आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरिया लगायतको उपस्थितिमा चुकुल तोडेर ढकालको कोठाको ढोका खोलिएको थियो ।

करिब दुई वर्ष अघिदेखि जिल्ला अदालतमा कार्यरत ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा कोठा भाडामा लिएर बसिरहेका थिए । नासुको तयारी गरिरहेका ढकालको छेउमा लोकसेवा आयोगका तयारी पुस्तकहरु खुला छाडिएको पाइएको छ ।

उहाँको मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने प्रहरी निरीक्षक साहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार