काठमाण्डौ-रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले स्वास्थ्य निकायलाई मास भ्याक्सिनेशनको प्रक्रियालाई अगामी साता देखि तीव्रता दिन निर्देशन दिएका छन् ।
उनले क्याबिनेट बैठकमा सम्बन्धीत निकायलाई प्रक्रियालाई आगामी साता देखि सुरु गर्ने निर्देशन दिएका हुन् ।
रुसका सम्पूर्ण जनसंख्यालाई पुग्ने गरी मास भ्याक्सिनेशन शुरु गर्नुपर्नेमा उनको निर्देशन थियो । रुसमा मास भ्याक्सिनेशनका लागि विशेष पुर्वाधार नचाहिएकोमा उनले भगवानलाई धन्यवाद समेत दिएका छन् ।
रुसी भ्याक्सिनलाई कुनै तापक्रममा ओसार पोसार गर्न सकिने र त्यसले भ्याक्सिनलाई कुनै पनि असर नपर्ने जनाइएको छ ।