सोलुखुम्बु- क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । चिनबाट आएको स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यलयले जिल्लाका पत्रकारलाई वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष मनोज श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । वितरण गरिएको सामाग्रीमा सर्जिकल मास्क, केएन ९५ मास्क र सेनिटाईजर रहेका छन् ।