भवन निर्माणका लागि स्थानियले निशुल्क उपलब्ध गराए जग्गा

  हिमाल समाचार
175 Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ स्थित डाँडा टोलमा रहेको सगरमाथा कृषक समुहको भवन निर्माणका लागि एक स्थानियले निशुल्क जग्गा उपलब्ध गराएका छन् ।

२०७२ सालमा तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा दर्ता भई कृषिको क्षेत्रमा काम गर्दै आएको संस्थालाई स्थानिय बलबहादुर कार्कीले आधा रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।

भवन निर्माणका लागि गाउँपालिकाले ५ लाख बजेट बिनियोजन गरेको भएपनि जग्गा अभावका कारण समस्या भईरहेको बेलामा कार्कीले करिब ५ लाख बराबरको जग्गा निशुल्क प्रदान गरेको बासा सहकर्मी ललित कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार