गृहमन्त्री थापा सोलुखुम्बु आउँदै

  हिमाल समाचार
238 Shares

सोलुखुम्बु – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सोलुखुम्बु आउने भएका छन् ।

जिल्लामा प्रचण्ड–माधव समुहले स्थानिय तहहरुमा कार्यकर्ता भेला तथा प्रशिक्षणका कार्यक्रम आयोजना गरिरहेको समयमा ओली पक्षका थापा माघ ५ गते सोलुखुम्बु आउन लागेका हुन् ।

नेकपाको ओली समुहले आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहमन्त्री थापा सोलुखुम्बु आउन लागकोे जनाईएको छ ।

जिल्ला समन्वय समितिको प्राङगणमा हुने कार्यक्रममा नेकपा प्रदेश कमिति अध्यक्ष देवराज घिमिरे, ओली समुहका केन्द्रिय तथा प्रदेश कमिटिका सदस्य उपस्थित हुने नेकपा सोलुखुम्बुले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्र तहदेखि नै गुटगत विभाजन भएपछि पुर्व माओवादीका थापा अहिले ओली समुहमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार