आफ्नो पार्टीको नेताको गिरफ्तारीविरुद्ध विप्लवको संघर्षका कार्यक्रम घोषणा

  हिमाल समाचार
21 Shares

काठमाण्डौ-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीको नेताको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

ललितपुरबाट बुधबार पक्राउ परेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को रिहाइको माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको हो । बास्तोला सो समूहका अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत हुन् ।

विप्लवले एक विज्ञप्ति जारी गर्दै माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोधसभा, माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मसाल जुलुस, माघ १० गते नेपाल बन्द गर्ने कार्यक्रम गर्ने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार