नेकपाको दाहाल-नेपाल पक्षिय स्थायी कमिटी बैठक

  हिमाल समाचार
56 Shares

काठमाडौँ — नेकपाको दाहाल-नेपाल पक्षिय स्थायी कमिटी बैठक जारी छ । कोटेश्वर पेरिसडाडाँमा सुरु भएको बैठकमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम र नेपाल नेतृत्वको कार्यदलले बुझाएको सांगठनिक एकीकरणसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

बिहीबार बसेको बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले सांगठनिक एकीकरण र नेताहरुको कार्यविभाजनसम्बन्धी प्रतिवेदन पेस गरेको थियो ।
कार्यदलमा नेपालसहित अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, भिम रावल, बेदुराम भुसाल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत थिए।

बैठकले प्रतिनिधिसभा विघटनको विरुद्ध घोषणा भएको दोस्रो चरणको आन्दोलनलाई प्रभावकारी बनाउन केही कार्यक्रमको स्वरुप परिवर्तन गर्ने निर्णय पनि गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार