प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीको प्रदर्शन

  हिमाल समाचार
21 Shares

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
पार्टीका नेता–कार्यकर्ता माइतीघर मण्डलमा भेला भएर प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदम असंवैधानिक रहेको जनाउँदै प्रतिनिधिसभा पुनःस्थापना गर्न माग राखे ।
र्‍यालीका सहभागीले हातमा बिरुवासहितको गमला बोकेका थिए । सरकारलाई लोकतन्त्रको बिरुवा मास्न नहुने सन्देश दिने उद्देश्यले गमला बोकेर प्रदर्शन गरेको सहभागीले जनाएका छन् ।

उनीहरूले प्रतिगमन र अधिनायकवादसँगै लुटतन्त्र अन्त्य हुनुपर्ने मागसमेत गरेका छन् । अहिलेको अवस्थामा सरकार कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्नेमा सहभागीले जोड दिएका छन् ।

विवेकशील पार्टीले प्रतिनिधिसभा विघटनदेखि नै निरन्तरजसो प्रदर्शन गर्दै आएको छ । अन्य राजनीतिक दल र नागरिक समाजका अगुवाहरूले पनि प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार