इन्डोनेसियामा भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु, समुद्री आँधी आउन सक्ने चेतावनी

  हिमाल समाचार
35 Shares

काठमाडौैं-इन्डोनेसियाको सुलावेसी टापुमा शत्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

इन्डोनेसियाको मेट्रोलोजिकल एजेन्सीले दिएको जानकारीअनुसार शुक्रबार ६.२ रेक्टर स्केलको भूकम्प भएको हो । साथै भूकम्पपछि समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ ।

इन्डोनेसियाको संकट नियन्त्रण एजेन्सीका अनुसार अहिलेसम्म माजेनेमा ६३७ जना मानिसहरु घाइते भएका छन् भने मामुजुमा दुई दर्जनभन्दा धेरै घाइते भएका छन् ।
अहिलेसम्म उक्त क्षेत्रमा २६ भन्दा धेरै पराकम्प आइसकेका छन् । भूकम्पको कारण इन्डोनेसियाको विभिन्न स्थानमा पहिरो गएका छन् भने केही स्थानको पुलहरु पनि भत्किएका छन् ।

अहिलेसम्म ६० भन्दा धेरै घरहरु भत्किएको समाचार आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ । दुई होटल र एक प्रान्तीय गभर्नरको कार्यालय पनि भत्किएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा विद्युत् पनि अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार